Tuesday, December 29, 2009

सुम्नीमा कल्चरको स्मारिका प्रकाशन सम्बन्धी सुचना !!!

सुम्निमा कल्चरले आफ्नो स्थापना दिबसको अवसरमा नेपाली कला र संस्क्रितीको बारेमा बिस्त्रित प्रकाशन सुम्निमाको तयारी बढाई रहेकोछ । इच्छुक माहानुभाब हरुलाई लेख रचना उपलब्ध गराइदिनुहुन अनुरोध छ ।


पठाउने ठेगना:- sumnimaculture@yahoo.com
 

सुम्निमा कल्चरको छैटौ स्थापना दिबसको सुचना !!!

सुम्निमा कल्चर एकेडेमीको छैटौ स्थापना दिबसको अवसरमा सुम्निमा कल्चरले भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्न गैरेहेकोछ , सहभगी हुनुहुने कलाप्रेमी सम्पुर्न माहानुभावहरुलाई सम्पर्क राख्नु हुन अनुरोध छ ।



सम्पर्क:- सुम्निमा कल्चर एकेडेमी ।
मिती:- २०६६ फागुन १ गते
फोन न :- ०१-५५४४७१८


अरुणा लामा स्‍मृति कार्यक्रम बारे सूचना !!!

स्वर साम्रागी स्वर्गिय अरुणा लामाको पुण्य स्म्रितिमा सुम्निमा कल्चर एकेडेमीले यही माघ २२ गते भब्य स्‍मृति कार्यक्रमको आयोजना गर्न गइरहेको हुनाले सम्पुर्न संगीत प्रेमी, सुभेच्छुकहरुमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा छ । स्थान:- सुम्निमा कल्चर एकेडेमीको सुम्निमा हल ।

स्थान:- सुम्निमा कल्चर एकेडेमीको सुम्निमा हल ।
मिती:- २०६६ माघ २२ गते
समय:- दिनको ११ बजे देखि

Saturday, December 5, 2009

स्वर्गीय नारायण गोपाल स्मृति गीति कार्यक्रम सम्पन्न

सुम्निमा कल्चर एकेडेमीको आयोजनामा स्वर्गीय नारायण गोपालको १९ औं वार्षिक स्मृतिको अवसरमा सुम्निमा कल्चर एकेडेमीको हलमा नारायण गोपाल स्मृति गीति कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रशिक्षक कैलाश राई र मण्डल साम्पाङ त्यस्तै एकेडेमीका कलाकारहरु देवेन्द्र लावती दीपक समाल धनकाजी राई बालकृष्ण वनेम जित बहादुर रसाइली लगायतका कलाकारहरुले नारायण गोपालले गाएका सदावहार गीतहरु गाएर नारायण गोपालको स्मरण गर्दै सम्मा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कवि÷गीतकार माजुलले नारायण गोपालले नेपाली सुगम संगीतको क्षेत्रमा पुर् याएका योगदानको बारेमा चर्चा गर्दै नेपाली गीत संगीतको क्षेत्रमा सुम्निमा कल्चरको योगदानको पनि सराहना गरेका थिए । उक्त कार्यक्रम भुपेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको बारेमा अतिथि यात्री प्रसाद राईले शुभकामना मन्तव्य दिदै सुम्निमा कल्चर एकेडेमीको लागि हार्मोनियम सौजन्य उपहार प्रदान गरेका थिए । संस्थाको तर्पुबाट सचिव जनक राईले सबैलाई आगामी दिनमा नेपाली संगीत र संस्कृतिको क्षेत्रमा एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी संस्थापक कलाकार आशा कुलुङ राईले सम्पूर्ण सहभागी कलाकारलाई धन्यवाद प्रदान गरेका थिए । सुम्निमा हलमा भएको उक्त कार्यक्रमको साचालन सदस्य कपिल राईले गरेका थिए । सभापतिको तर्पुबाट भुपेन्द्र पूमा राईले स्वर्गीग नारायण गोपालको स्मरण र सम्मान गर्दै सबै कलाकारले मरेर पनि बाँच्ने काम गर्नुको लागि नारायण गोपाले देखाएको बाटोमा हिँड्नुपर्ने बताएका थिए ।

Saturday, October 24, 2009

सुम्निमाको पाचौं स्थापना दिवस सम्पन्न !



सुम्निमा कल्चर एकेडेमीको पाचौं वार्षीक उत्सवको अबसरमा वरिष्ठ कलाकार दीपक जंगमको प्रमुख आथित्यमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी यस सुम्निमा कल्चर एकेडेमीको स्थापना दिवस सम्पन्न गरीयो । यसै अबसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि उत्कृष्ट प्रशिक्षार्थीलाई एक बर्षको लागि गायन तर्फ दीपक लामा र नृत्य तर्फ जीबन कला सुनुवारलाई छात्रवृति प्रदान गरीयो । यसैगरी उत्कृष्ट प्रशिक्षार्थीद्धोय प्रकृती लामा र देबेन्द्र लावतीलाई कदर पत्र प्रदान गरीयो । साथै यस एकेडेमीलाई साउन्ड सिस्टम खरीदार्थ आर्थिक रुपमा सहयोग गर्ने शुभचन्द्र राई, क्या. जगतराम राई, प्रेम लामा, प्रेम चाम्लीङ, महेन्द्र राई, अमर सिङ राई, ध्रुब पुमा राई, नवराज राई, सर्बधन राई, राकेस राई लगाएत एक बर्ष सुम्निमा छात्रब्रितिको लागि समाजसेवी देव राज कटवालले प्रायोजन गरेको थियो र उहाहरुलाई पनि कदरपत्रद्धारा सम्मान गरीयो । सुम्निमा कल्चर एकेडेमीबाट इल्लाहाबाद परीक्षामा सहभागी प्रशिक्षार्थीहरुलाई पनि कदर पत्र प्रदान गरीयो । उक्त कार्यक्रममा सुम्निमा कल्चर एकेडेमीले राष्ट्रमा पुर्‍याएको योगदान बारे सभासद सुदन किरातीले बोल्नु भएको थियो ।
बाँकी फोटोहरु...